tealaya add

ronaldo

एजेन्सी  इटालियन च्याम्पियन युभेन्टस र कोरियाको के-लिगको अल स्टार्स बीचको खेलमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो मैदानमा नआएपछि समर्थकहरुले आयोजकविरुद्ध मुद्दा दर्ता गरेका छन् ।
आयोजकका अनुसार युभेन्टससँग गरिएको सम्झौतामा रोनाल्डोले कम्तिमा ४५ मिनेट खेल्ने उल्लेख गरिएको थियो । तर प्रशिक्षक माउरिजियो सार्रीले उनलाई पूरै समय बेन्चमा नै राखे । रोनाल्डो खेल अवधिभर नै बेन्चमा रहेपछि रुष्ट भएका समर्थकले रोनाल्डोलाई चिढ्याउन मेस्सीको नाम लिएर समेत नाराबाजी गरेका थिए । तीमध्य केहि समर्थकले भने सोलस्थित अदालतमा मुद्दा दर्ता गरेका छन् ।

समर्थकहरुले टिकटका लागि तिरेको ७० हजार वन (६ हजार ५ सय रुपैयाँ) फिर्ता माग्ने सँगै मानसिक तनाव दिएको भन्दै १० लाख वन क्षतिपूर्ति माग गरेका छन् । ‘सामान्यतया यस्तो अवस्थामा समर्थकहरुले टिकटको पैसा फिर्ता पाउँछन् । तर यसमा रोनाल्डोको नाम प्रयोग गरेर आयोजकले गलत प्रचार गरेको आरोप छ । अझ केहि रोनाल्डोका समर्थकको लागि उनले खेलेको हेर्न नपाउनु पक्कै मानसिक रुपमा कठिन रहयो । अहिले केहि समर्थकले मात्र हामीलाई सम्पर्क गरेका छन्, अझै त्यो संख्या बढ्ने देखिएको छ,’ एक वकिलले रोयटर्सलाई भने ।

आयोजक द फास्टाका प्रमुख कार्यकारी अधिकृत रोबिन च्याङले सम्झौता अनुसार रोनाल्डोले ४५ मिनेट खेल्ने उल्लेख रहेको जानकारी दिइन् । ‘ मैले युभेन्टसका उपाध्यक्ष पाभेल नेडभेडलाई पनि जानकारी दिए । उनले ‘मैले पनि रोनाल्डोले खेलोस भन्ने चाहेको थिएँ, तर उनले खेल्न चाहेनन्’ भन्ने जवाफ फर्काए । म स्तब्ध भएँ,’ उनले थपिन् । के लिगले इटालियन च्याम्पियनलाई सम्झौता तोडेको भन्दै चिठी लेखेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर