tealaya add

Ronaldo Match award kantiapth

इटालियन युभेन्टसका सुपरस्टार क्रिस्टियानोले रोनाल्डो नयाँ सिजन २०१९–२० लाई सुखद् तरिकाले स्वागत गरेका छन् । प्रि–सिजनअन्तर्गत दुई खेल खेलेका उनले दुवै खेलमा गोल गर्दै आफू नयाँ सिजनका लागि तयार रहेको सन्देश दिएका छन् ।

गत राति इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत लिग प्रतिस्पर्धी क्लब इन्टर मिलानविरुद्ध चीनमा भएको खेलमा टोलीलाई जिताउन महत्त्वपूर्ण प्रदर्शन गर्दै गोल गरेका रोनाल्डोले नयाँ सिजनको पहिलो म्यान अफ् द म्याच अवार्ड जिते ।

इन्टर मिलानविरुद्ध पहिलो हालमा डिफेन्डर माथिस डि लिग्टको आत्मघाती गोलले खेलमा पछि परेको युभेन्टसका लागि दोस्रो हाफमा रोनाल्डोले बराबरी गोल गरेका थिए । खेलको ६८औं मिनेटमा उनले फ्रि किकबाट सुन्दर गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

निर्धारित समयमा खेल १–१ मा टुंगिएपछि पेनाल्टी सडन डेथमा युभेन्टसले खेल ४–३ ले जितेको थियो । सोक्रममा युभेन्टसका गोलरक्षक जियानलुइजी बुफोनले तीन पेनाल्टी बचाएका थिए । युभेन्टसलाई पछि परेको अवस्थामा पुनरागमन गोल गर्ने रोनाल्डो खेलका म्यान अफ् द म्याच घोषित हुँदै अवार्ड जिते । यसअघि उनले इंग्लिस क्लब टोटनह्यामविरुद्धको खेलमा पनि गोल गरेका थिए ।

गत सिजन रोनाल्डोले युभेन्टसका लागि सिजनभरमा कूल २८ गोल गर्दै १२ गोलका लागि असिस्ट गरेका थिए । अघिल्लो सिजन सुरुआती तीन खेलमा गोल गर्न नसकेका उनले यसपटक भने पहिलो खेलबाट उत्कृष्ट लेय देखाएका छन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...