tealaya add

ronaldo rap

एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बलात्कार आरोपबाट मुक्त हुने भएका छन् ।

क्याथरिन मायोर्गा नामकी एक अमेरिकी महिलाले रोनाल्डोमाथि बलात्कारको आरोप लगाएकी थिइन् । अमेरिकी अभियोजकर्ताले रोनाल्डोविरुद्ध कुनै पनि कानूनी प्रक्रिया सुरु गर्नुपर्ने नदेखिएको बताएका छन् ।ति महिलाले सन् २००९ मा लस भेगासको एक होटलमा रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी थिइन् । सुरुमा स्थानीय मिडियामा रोनाल्डोमाथि बलात्कार आरोपको खबर प्रकाशित भएको थियो । त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

सन् २०१० मा पोर्चुगिज स्टार खेलाडी रोनाल्डोसँग अदालती प्रक्रियाभन्दा बाहिर रहेरै ती महिलाले सहमति गरेको बताइन्छ । तर उनले सन् २०१८ मा पुनः उठाएकाे साेही आरोप लगाउँदै कारवाही होस् भन्दै कानूनी प्रक्रिया सुरु गरेकी थिइन् । रोनाल्डोले सुरुदेखि नै सबै आरोप अस्वीकार गर्दै आएका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...