annapurna add

Europa League kings Sevilla won the tournament for a record sixth time

स्पेनिस क्लब सेभिल्लाले कीर्तिमानी छैटौँ पटक युरोपा लिग फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलार्य ३–२ ले पराजित गरेर सेभिल्लाले उपाधि जितेको हो । सेभिल्लाका लागि लूक डी जोङ्गले दुई गोल गरे भने इन्टर मिलानका रामेलु लुकाकुले एक आत्मघाती गोल गरे। ७४ औँ मिनेटमा लुकाकुले आत्मघाती गोल गरी सेभिल्लालाई जिताए । डिएगो कार्लोसको बाइसाइकल किकलाई जोगाउने क्रममा लुकाकुले आफ्नै पोस्टमा गोल गरेका हुन् ।

सेभिल्लाका डिफेन्डर डिएगो कार्लोसले रामेलु लुकाकुलाई फउल गरेपछि इन्टर मिलानले पाएको पेनाल्टीमा पाँचौँ मिनेटमा लुकाकुले गोल गरे । त्यसपछि डी जोङ्गले सेभिल्लाका लागि १२ र ३३ औँ मिनेटमा गरी दुई गोल गरे । ३५ औँ मिनेटमा गोडिनले गोल गरी इन्टर मिलानलाई खेलमा बराबरीको अवस्थामा ल्याए । लुकाकुको आत्मघाती गोलले सेभिल्लालाई कीर्तिमानी छैटौँ पटक युरोपा लिगको उपाधि दिलायो। सेभिल्लाले युरोपा लिगमा अहिलेसम्म खेलेका सबै ६ फाइनलमा जित हाँसिल गरेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...