1478958692 banner ad format

 
 

काठमाडौं । बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबल प्रतियोगितामा नेपालको मनाङ मस्र्याग्दी क्लवले आज दोस्रो खेल खेल्दैछ ।

पहिलो खेलमा स्थानीय टोली मोहोमडन स्पोर्टिङ क्लवलाई २-० ले हराएको मनाङले आज अफगानिस्तानको शाहिन आस्मायीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

आजको खेल जितेमा नेपाली टोलीको सेमिफाइनल यात्रा तय हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार वजे चितगोङस्थित मोहम्मद अजिज रंगशालामा हुनेछ ।

अफ्गान टोली शाहिन आस्मायी समूह चरणको पहिलो खेलमा आयोजक चितगोङ अवहानी लिमिटेडसँग ३-१ ले पराजित भएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा शुक्रबार आयोजक चितगोङ अवहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिता यही फाल्गुन १९ गतेसम्म चल्नेछ ।

२०७३ फागुन ११ गते 

प्रकासित मिति

Loading...

 

yummyfood