tealaya add

nepal football team
सन् २०२२ माहुने फिफा विश्वकप फुटबलको दोस्रो चरणअन्तर्गतको एसियाछनोट खेलमा नेपालले अष्ट्रेलियासँग क्यानबेरामा खेल्ने भएको छ। अष्ट्रेलिया फुटबल फेडेरेसनले शुक्रबार नेपालसँगको घरेलु खेल राजधानी क्यानबेरामा खेलाउने निर्णय गरेको हो।

कतारले भने एसियाको दोस्रो चरणको छनोटमा नेपालले अष्ट्रेलियासँग क्यानबेरास्थित जीआईओ स्टेडियममा खेल्ने भएको हो।अष्ट्रेलिया एसियाली पावरहाउस मानिन्छ। अष्ट्रेलिया जस्तो बलियो प्रतिद्वन्द्वी पाएको नेपाल समूह ‘बी’ मा रहेको छ। अष्ट्रेलिया र नेपालबीचको खेल अक्टोबर १० मा हुनेछ। यस्तै अर्को खेल भने नेपालले घरेलु मैदानमै अष्ट्रेलियालाई निम्त्याउने छ। अष्ट्रेलियासँगको दोस्रो खेल भने २०२० को मार्च ३१ मा हुनेछ।

समूह ‘बी’ मा अष्ट्रेलिया र नेपालसँगै जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन्। अष्ट्रेलियाले नेपालसँगको खेलका लागि अगष्ट १३ बाट टिकट बिक्री सुरु हुने जनाएको छ।

फिफा वरीयताको एसियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सिधै दोस्रो चरणको छनोट खेल्न पाएको हो। अष्ट्रेलिया फिफा वरियताको ४६ र नेपाल १६६ स्थानमा छन्।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...