1478958692 banner ad format

 
 

वेल्सले विश्व कप छनोटअन्तर्गत आयरल्यान्डको समूह डीमा शीर्षस्थान बनाउने अभियानलाई रोकेको छ। आयरल्यान्डलाई शुक्रबार राती उसैको घरेलु मैदानमा गोलरहित बराबरीमा रोकेपछि आयरल्यान्डको ५ खेलमा ४ जित निकाल्दै १३ अंकका साथ शीर्षस्थानमा उक्लिने सम्भावनामा तुसारोपात गर्यो।

World Cup Football Ireland


वेल्ससँग अंक बाँडेपछि आयरल्यान्ड ११ अंकका साथ दोस्रो स्थानमा खुम्चिएको छ। यो समूहमा सर्बिया पनि ११ अंकमा छ तर राम्रो गोलअन्तरका कारण शीर्षस्थानमा छ। आयरल्यान्डका कप्तान सिमुस कोलेमनको खराब ट्याकलका कारण खुट्टा भाँचिएको छ। यो घटनामा ६९ मिनेटमा निल टेलरले रातो कार्ड पाए। तर पनि वेल्सले खेललाई गोलरहित बराबरीमा राख्यो। 

आयरल्याण्डसँग अंक खोसेको वेल्स तेस्रो स्थानमा उक्लियो। वेल्सको ७ अंक छ। गएराती नै अर्को खेलमा माल्दोभालाई २–० ले हराएको अस्ट्रिया ७ अंक बटुले पनि वेल्सभन्दा एक स्थान तल छ।

प्रकासित मिति

Loading...