1478958692 banner ad format

 
 

काठमाडौं। रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबल हुदैछ |  विश्वकप फुटबल छनोट अन्तर्गत एशियाली समुहका खेलहरुमा जापान, अष्ट्रेलिया, दक्षिण कोरिया र ईरान विजयी भएका छन् ।

World Cup Football Ireland

समुह ए को खेलमा ईरानले चीनलाई १-० ले हराउँदा दक्षिण कोरियाले सिरिया तथा उज्वेकिस्तानले कतारलाई पनि १-० ले नैं पराजित गरेका छन् ।

एशियाली समुह बी को खेलमा अस्ट्रेलियाले युएईलाई २-० ले हरायो । जापानले थाईल्याण्डलाई ४-० ले पराजित गर्दा साउदी अरबियाले इराकमाथि १-० को जीत निकाल्यो ।

मंगलबार रातीका खेलहरुपछि विश्वकप फुटबल छनौट अन्तर्गत एशियाली समुह ए मा १७ अंकसहित ईरान पहिलो स्थानमा रहँदा १३ अंक जोडेको दक्षिण कोरिया दोस्रो तथा १२ अंक जोडेको उज्वेकिस्तान तेस्रो स्थानमा छ ।

World Cup football1

यसैगरी समुह बी मा १६/१६ अंक जोडेका जापन र साउदी अरबिया शीर्ष दुई स्थानमा रहँदा १३ अंक जोडेको अस्ट्रेलिया तेस्रो स्थानमा छ ।

गत वर्षको कोपा अमेरिका फुटबलको फाइनलमा पनि अर्जेन्टिना र चिलीबिच प्रतिस्पर्धा भएको थियो । 

त्यसमा चिलीले अर्जेन्टिनालाई हराएर उपाधि जितेको थियो । अर्जेन्टिना त्यो हारको बदला विश्वकप छनौटमा लिन चाहन्छ । चिलीले विश्वकप छनौटमा अर्जेन्टिनालाई अहिलेसम्म हराउन सकेको छैन । उसले सन् १९९६ र २००३ मा अर्जेन्टिनालाई बराबरीमा भने रोकेको थियो । एजेन्सी 

प्रकासित मिति

Loading...