1478958692 banner ad format

 
 

काठमाडौं । विश्व फुटबलको वरीयताक्रममा नेपालले तीन स्थान सुधार गरेको छ ।

nepalfootbaal

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहीबार जारी गरेको नयाँ वरीयताक्रममा नेपाल तीन स्थान सुधार गर्दै १७३औं स्थानबाट १७०औं स्थानमा आइपुगेको हो ।

दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारत विश्व वरीयतामा १३२औं स्थानमा रहँदा दक्षिण एसियामा माल्दिभ्स (१४०) दोस्रो तथा अफगानिस्तान (१५६) तेस्रो स्थानमा छन् ।

दक्षिण एसियातर्फ वरीयताक्रममा नेपालभन्दा पछाडि भुटान (१७७), बंगलादेश (१९३), श्रीलंका (१९७) र पाकिस्तान (१९८) रहेका छन् ।

विश्व वरीयतामा अर्जेन्टिना पहिलो, ब्राजिल दोस्रो तथा जर्मनी तेस्रो स्थानमा कायमै छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood