tealaya add

icc criket

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा आज भारत र न्यूजिल्याण्ड भिड्नेछन्। इङ्ल्याण्डको म्यानचेष्टरमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। ओल्ड ट्राफोर्ड मैदानमा हुने खेल जित्दै फाइनलमा पुग्ने दुबै टोलीको लक्ष्य छ।

लिग चरणमा यी दुई टोलीबीचको खेल वर्षाले स्थगित भएको थियो। विश्वकप इतिहासमा भारत र न्यूजिल्याण्ड पहिलो पटक सेमिफाइनलमा खेल्न लागेका हुन्। दुई टोलीबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा भारत बलियो देखिएको छ।

पाँच भेटमा भारतले ३ खेल जितेको छ। न्यूजिल्याण्डले १ खेल जितेको छ भने एक खेल नतिजाविहीन बनेको थियो।जारी विश्वकपमा भारतले ९ खेलमा ७ जित हात पार्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनल यात्रा गरेको थियो। जिल्याण्डले समान ५ खेल जित्दै चौथो स्थानमा रहेर सेमिफाइनलमा ठाउँ बनाएको थियो। विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा भोलि अस्ट्रेलियाले आयोजक इङ्ल्याण्डसँग खेल्नेछ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...