annapurna add

mahila world

 

एजेन्सी । महिला विश्वकपमा आयोजक फ्रान्स र इङल्यान्डले अन्तिम आठमा आफ्नो स्थान बनाएका छन् । फ्रान्सले उपाधिको ब्राजिललाई २–१ र इङल्यान्डले क्यामरुनलाई ३–० ले हराएका हुन्।

ओसियान डि हाव्रेमा भएको आइतबारको दोश्रो खेलमा जितका लागि आयोजक फ्रान्सले अतिरिक्त समय कुर्नुपर्‍याे । खेलको ५२ औ मिनेटमा भेलरी गौभिनले आयोजक टोलीलाई सुरुवाति अग्रता दिलाएकी थिइन । ६२ औ मिनेटमा ब्राजिलकी थिसाले खेल बराबरीमा ल्याइन् । निर्धारित ९० मिनेटमा दुबै टिमबाट १–१ गोल भएपछि जित निकाल्न १ सय ५ औ मिनेटमा कप्तान आमानडेनी हेनरीले निर्णायक गोल गरिन । पराजयसँगै ब्राजिलको उपाधि हात पार्ने लक्ष्य अन्तिम १६ बाट समाप्त भयो ।

सेमीफाइनल प्रवेशका लागि फ्रान्सले स्पेन र अमेरिकाविचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी स्टेड डु हाइनेटमा भएको खेलको क्यामरुनविरुद्ध सुरुवातबाटै इङल्यान्डले दबाब सृजना गरेको थियो। खेलको चौथो मिनेटमा स्टेफेन हग्टनका गोलबाट इङल्यान्डले अग्रता बनाएको थियो।

पहिलो हाफको इन्जुरी समयमा एलेन टोनी हवाइटले अग्रता दोव्बर बनाइन्। ५८ औ मिनेटमा एलेक्स ग्रिनहुडले गोल थपेपछि ३–० को जित निकाल्दै इङल्यान्ड अन्तिम आठमा प्रवेश गरेको हो। इङल्यान्डले सेमिफाइनल प्रवेशका लागि नर्वेको सामना गर्नेछ।

नर्वेले पेनाल्टी सुटआउटमा अष्ट्रेलियालाई ४–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। प्रतियोगिता अन्तरगत आज स्पेनले डिफेन्डिङ च्याम्पियन अमेरिका र क्यानडाले स्विडेनको सामना गर्दैछ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर