tealaya add

prasikxak

इटालियन च्याम्पियन युभेन्टसका प्रशिक्षक माउरिजियो सार्री निमोनियाले ग्रस्त भएका छन् । ६० वर्षीय सार्रीलाई सुरुवातमा सामान्य ज्वरो आएको भनिएपनि पछि उनलाई विस्तृत परिक्षणपछि निमोनिया लागेको पत्ता लागेको हो ।

यो हप्ता युभेन्ट्सले ट्रिस्टिनाविरुद्धको मैत्रिपूर्ण खेलमा बिरामी भएका प्रशिक्षक सारी ज्वरोका कारण अनुपस्थित रहने बताइएको छ ।

केही विसन्चो भएपछि डाइग्नोसिस गरिएको र रिपोर्टले निमोनिया देखाएको बताएको युभेन्टसले उपाचार शुरु भइसकेको जानकारी दिएको छ ।
शनिबार युभेन्ट्सले परमाको घरेलु मैदानमा सिरी ए को ओपनिङ खेलिसकेको छ ।

इटालीयन भेट्रान सारी २०१८ मा नेपोलीबाट चेल्सी पुगेका थिए भने उनले चेल्सीमा रहँदा क्लबलाई युरोपा लिगको उपाधि दिलाएका थिए । उनी जुनमा युभेन्ट्स पुगेका हुन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...