baideshik rojgar

आज देखि श्रम स्वीकृति लिन इ टोकन लागू भएको छ । विभागले श्रम कार्यलयमा सेवा ग्राहीले पाएको समस्यालाई मध्येनजर गदै अनलाइनबाटै टोकन लिने व्यवस्था गरेको हो ।

इ–टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम स्वीकृतिका लागि अनलाइन फाराम पेश गर्ने वित्तिकै आवेदनकर्ताले श्रम स्वीकृति लिन पालो कुन दिनपर्छ भनेर म्यासेज आउँछ सोही अनुसार श्रम स्वीकृति लिन कार्यलय जानुपर्छ ।

आफूले कुन कार्यालयबाट श्रम स्वीकृति लिने हो त्यो अनलाइनबाटै रोज्न सकिने छ । काठमाडौंमा मात्र नभएर प्रदेश कार्यलयबाट इ टोकन लिए श्रम स्वीकृति दिन सकिन्छ । कुन कार्यालयमा छिट्टै पालो आउँछ, त्यो कार्यालयसमेत रोज्न सकिने छ । जसले गर्दा फाराम स्वीकृत हुने वित्तिकै कार्यालयमा पर्खिरहनुपर्ने छैन ।

अहिले सरकारले सातै प्रदेशस्थित श्रम कार्यालयमार्फत श्रम स्वीकृति जारी गर्दै आएको छ । प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को काठमाडौँ ९ताहचल०, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीबाट श्रम स्वीकृति जारी हुँदै आएको छ । यी कार्यलयबाट पुन श्रम स्वीकृति जारी गर्ने काम भइरहेको छ ।

श्रम स्वीकृतिका फाराम बुझाइसकेपछि कुनै कारणले तपाईको श्रम स्वीकृति अस्वीकृत भयो भनेर पनि कार्यलयबाट मेसेज गर्ने विभागका महानिर्देशक डा. भीष्म कुमार भुषालले जानकारी दिएका छन् । कागजात पेश गर्नुपरेमा पनि मोबाइलमा मेसेज प्राप्त भएपनि पुन मेसेज नै गरेर जानकारी लिन मिल्ने उनको भनाइ छ ।

श्रम स्वीकृति प्राप्त भएको जानकारी पनि मोबाइलमा मेसेजमार्फत आउनेछ । श्रम स्वीकृतिको फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्टीकर जानेछ । विभागले श्रम स्वीकृतिको फारम भर्दा सही मोबाइल नम्बर र इमेल राख्न आग्रह गरेको छ ।

नौ वर्षका बालकले पूरा गरे विश्वविद्यालयको अध्ययन

lara
उनी प्राथमिक विद्यालय जाँदा चार वर्षका थिए तर उनका त्यतिबेलाका सहपाठीहरू माध्यमिक कक्षामा पढ्दै गर्दा लराँ सिमोन्सले विश्वविद्यालयको अध्ययन पूरा गर्दैछन् । त्यो पनि नौ वर्षको उमेरमा ।बेल्जियमका सिमोन्सले पहिलो कक्षाको पढाइ सक्न एक वर्ष लगाए। त्यसपछि उनी धेरै छिटो सिक्न थाले र अर्को वर्ष उनी दुईबाट छ कक्षामा गए ।
छ वर्षको उमेरमा उनी माध्यामिक विद्यालय गए र छ वर्षको पढाइ १८ महिनामा पूरा गरे ।

त्यसपछि छोटो समय विश्राम लिन उनले आठ वर्षको उमेरमा उनले छ महिना घरमै बिताए ।आठ महिनाअघि विश्वविद्यालय गएका उनी डिसेम्बरमा दीक्षित हुन लागेको बीबीसीले जनाएको छ ।

नौ महिनामा डिग्री

नौ महिना अध्ययन गरेपश्चात उनले आउने डिसेम्बरमा इलेक्ट्रिकल इन्जिनियरिङमा डिग्री हासिल गर्दैछन् ।आफूलाई अध्ययनमा यस्तो सफलता कसरी मिल्यो उनलाई थाहा छैन ।बीबीसीको न्यूजडे कार्यक्रमले उनलाई नौ वर्षमा डिग्री कसरी पाउन सफल भए भनेर सोध्दा उनले भने, “मलाई थाहै छैन ।”

लराँलाई प्रविधिले मानव शरीरलाई कसरी सहयोग गर्छ भन्ने विषयमा चासो छ ।उनले स्नातक तहमा मस्तिष्कसँग जोडिएको इलेक्ट्रिक चिपको बारेमा शोध गर्दैछन् ।उनका बाबुका अनुसार लराँ सिमोन्सलाई टेलिभिजनमा देखिन मन पर्छ ।

त्यो चिपले हजारौँ स्नायुहरूलाई एकैपटक मापन गर्दै तिनको अनुगमन गर्छ ।उनी चिकित्सकहरूको परिवारबाट आएका हुनाले उनलाई चिकित्साशास्त्र अध्ययन गरेर त्यसैमा विद्यावारिधि हासिल गर्न मन छ ।

तर उनको महत्त्वकांक्षा अर्कै छ। उनी भन्छन्, “कृत्रिम अङ्ग बनाउने मेरो लक्ष्य छ ।”लराँको उद्देश्य चाहिँ अझै व्यापक छ। “म मानिसको आयु बढाउन चाहन्छु ।” बिबिसी

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...