annapurna add

dv emb

इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) को नतिजा आज राति ९ बजेर ४५ मिनेट जाँदा सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यस्तो जानकारी सार्वजनिक गरेको हो ।

यसअघि विगत वर्षहरुमा अक्टुबर २ देखि नोभेम्बर ५ सम्म भरिने डिभी चिट्ठाको नतिजा मेइ ५ मा सार्वजनिक हुने गरेको थियो । यसपटक पनि अक्टुबर २ देखि नोभेम्बर ५ कै अवधिमा मानिसहरुले डिभी भरेका थिए । तर कोभिड–१९ का कारण नतिजा सार्वजनिक गर्न भने केही समय ढिलाई भयो ।

https://dvprogram.state.gov मा आफ्नो कन्फर्मेशन नम्बर हालेर ईडीभीको नतिजा हेर्न सकिन्छ ।

छनोटमा परेका व्यक्तिहरुको अन्तवार्ता आगामी अक्टुबर १ देखि सुरु हुनेछ । डिभी परेका व्यक्तीहरु २०२१ को सेप्टेम्बरसम्म सम्पूर्ण प्रक्रिया पूरा गरेर अमेरिका प्रवेश गरिसकेको हुनुपर्छ ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...