tealaya add

japan

जापानमा रोजगारीका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुलेको छ। जापान जान चाहने इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन दिन पाउनेछन्। अनलाइन आवेदन असोज १६ गतेसम्म खुल्ला रहने छ ।

इच्छुक सबैले आवेदन दिन पाए पनि जापानिज रोजगारीका लागि एक हजार जनाले मात्रै भाषा परीक्षामा सहभागी हुन पाउने भएका छन् । आवेदन दिएका मध्येबाट सफ्टवेयरको सहायताले लक्की ड्रमार्फत आवेदक छानिने भएको हो ।

जापानले पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर)का लागि नेपाली कामदार लैजाने भएको छ । भाषा परीक्षामा उत्तीर्ण भएका मात्रै केयर गिभरका लागि जापान जान पाउनेछन्। भाषा परीक्षाका लागि जापानले असोज २२ गते नतिजा प्रकाशन गर्नेछ। लक्की ड्रमार्फत छानिएकाले असोज २४ गते दुई हजार पाँच सय रुपैयाँ तिरेपछि मात्रै भौचर पाउने व्यवस्था रहेको छ ।

जापानले युनिभर्सल ल्याङवेज एन्ड कम्प्युटर इन्स्टिच्युटबाट कम्प्युटरमा आधारित भाषा र सीप परीक्षा सञ्चालनको लागि पहिलो चरणको परीक्षा कात्तिक १०, ११ र १२ गते हुनेछ। त्यस्तै दोस्रो चरणमा कात्तिक १९, २० र २१ गते र तेस्रो चरणमा कात्तिक २६, २७ र २८ मा भाषा तथा सीप परीक्षा हुने भएको छ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर