Kanchanpur river Cleaning work start kantipathहरिश चन्द्र बाग कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले सुतिया नदि सफाइको कार्य सुरु गरेको छ । किसानको हजारौँ विगाहामा लगाईएको उखु लगायतको अन्नबाली नष्ट भएपछि उक्त समस्या समाधानका लागि महाकाली सिँचाइ व्यवस्थापन कार्यालय कञ्चनपुरको टिम लिएर बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी नेतृत्वको टोलीले सोमबार भारतीय सीमावर्ती क्षेेत्र बजारघाट सम्मको अनुगमन गरेेेको हो ।

भारतीय क्षेत्रमा ह्युमपाइप राखिएको र नदिमा जलकुम्भी जम्मा हुँदा पानी जम्न गई किसानका खेतमा समेत पानी भरिएको छ । उक्त नाला सफाईका लागि भारतीय ग्राम प्रधान अमृक सिंहसंग छलफल गरी तत्काल काम सुचारु गर्न आग्रह गरिएको छ । ग्राम प्रधान सिंहले किसानको समस्यालाई मध्यनजर गर्दै काममा कुनै अवरोध सिर्जना नहुने र भारत तर्फको काम आजैबाट सुरु हुने बताए ।

यता, बेलौरी नगरपालिकाले वडा नम्बर ८ कानपुरबाट आइतवार देखि नै उपभोक्ता समिती गठन गरी नाला सफाइको काम सुरु गरेको वडाध्यक्ष नन्द कुमार रानाले बताउनु भयो । यसरी नगर प्रमुख चौधरीले पहिलो दिन अवलोकन गरी दोश्रो दिनबाट नै काम सुचारु गरेकोमा डुवान क्षेत्रका किसानहरु हर्षित भएको समाजसेवी चक्र कठायतले बताए ।

महाकाली सिँचाइका क्षेत्रीय अध्यक्ष वीर बहादुर बडवालले डुवान समस्या समाधान गर्न स्थानीय सरकार सहित सबै आ आफ्नो क्षेत्रबाट लागि परिरहेको बताउनु भयो । शनिवार नगर प्रमुख चौधरी सहित नगर उपप्रमुख चित्र कुमारी चौधरी, वडा नम्बर ८ का अध्यक्ष नन्द कुमार राना, ६ का वडाध्यक्ष राम प्रकाश वडायक, समाजसेवी विश्राम राना, जवाहर लाल राना, सुरक्षाकर्मी, पत्रकार लगायतको टोलिद्वारा उक्त क्षेत्रको अवलोकन गरिएको थियोे ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...