annapurna add

Kulman Ghising Nepal Electricity Authority MD

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । उनी आउनुअघि देशले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेप्नु परेको थियो । लोडसेडिङको सास्ती खेपेका नेपालीहरुमाझ घिसिङले लोकप्रियता कमाएका छन् ।

अहिले प्राधिकरण भित्र र बाहिर कुलमानलाई निरन्तरता दिने कि नयाँ ल्याउने भन्ने बहस शुरु हुन थालेको छ । ऊर्जा क्षेत्रको सिस्टम उनले जति अरुले नबुझेको र ऊर्जा क्षेत्रकै विकासका लागि उनी दोहोरिनुपर्ने मत एकातर्फ बलियो छ भने अर्कोतर्फ एउटै व्यक्ति दोहोरिरहनुपर्ने आवश्यकता नभएको भन्ने मत पनि छ ।

प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्त मन्त्रिपरिषद्को निर्णयबाट हुन्छ । यसमा दल निकट व्यक्ति राख्ने प्रतिस्पर्धा समेत हुने गरेको छ । अहिले ऊर्जामन्त्री तत्कालीन माओवादीबाट प्रतिनिधित्व गर्छन् । घिसिङलाई तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणमा ल्याएका थिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले घिसिङलाई निरन्तरता दिन नसकिने भन्दै आफू निकटहरुसँग घिसिङको विकल्प खोज्नुपर्ने बताउन थालेका छन् । लोडसेडिङ अन्त्य गर्न र विद्युत उत्पादनमा सक्षम देखिएपनि अहिले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङको विकल्पमा विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहको नाम समेत चर्चामा ल्याइएको छ । ऊर्जामन्त्री पुनले घिसिङको ठाउँमा विभागका सिंह ल्याउने तयारी गरेको स्रोत बताउँछ ।

 

 

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर