annapurna add

lok sewa aayogलोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा स्तरमा एक हजार बढीको संख्यामा विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधबार एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने गृहकार्य अन्तिम चरणमा पु¥याएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघअन्तर्गत देशभरका विभिन्न कार्यालयमा गरी नायब सुब्बा स्तरमा एक हजार पद रिक्त छ ।

सोही रिक्त पदमा सम्बन्धित कार्यालयको मागका आधारमा लोकसेवा आयोगले पदपूर्ति गर्न लागेको हो । सामान्य प्रशासन मन्त्रालयका अनुसार बुधबार लोकसेवा आयोगद्वारा माग गर्न लागिएको पदमध्ये प्रशासनतर्फ ४ सय, लेखातर्फ १ सय बढी र राजस्वतर्फ झन्डै ५० छ ।

यसैगरी कृषि वनलगायत अप्राविधिक सेवातर्फ झन्डै ५ सय पदमा विज्ञापन आह्वान हुन सक्ने लोकसेवा आयोगले जनाएको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर