Hidden
कुन-कुन परे कारवाहीमा २०४ म्यानपावर कम्पनी ? (हेर्नुहाेस् सूचीसहित)
वैदेशिक रोजगार विभागले २०४ म्यानपावर कम्पनीको कारवाही प्रक्रिया अघि बढाएको छ । वैदेशिक रोजगारीका क्रममा श्रमिकलाई पिडित बनाएको र वैदेशिक रोजगार ऐन अन्तर्गत आवश्यक कागजात पेश गर्न नसकेको कारण म्यानपावर कम्पनीहरुको कामकारवाही रोक्का भएको हो ।
यसरी कारवाहीमा परेर कामकारवाही रोक्का भएका म्यानपावरहरुले कुनै पनि युवालाई वैदेशिक रोजगारीमा पठाउन पाउदैन । विभागले विदेश जानेहरुलाई पिडित बनाउने मात्र नभई म्यानपावरमा काम गर्ने कर्मचारी विवरण नबुझाउने र पुराना मुद्दा फरफारक नगर्ने म्यानपावर कम्पनीहरुलाई समेत कारवाही गर्दै रोक्का गरेको छ ।
बैदेशिक रोजगार विभागमा म्यानपावरका विरुद्ध चर्को अशुली, ठगी, विदेशमा अलपत्र पारेको, एउटा काम भनेर अर्को काम लगाउने गरेको, नक्कली डिमाण्ड बनाएर झुक्याउने गरेको, म्यानपावरले एजेन्टमार्फत ठगि गरेको, सामस्यामा परेका कामदारको उद्धार गर्न चासो नदिएको र म्यानपावरका शाखा कार्यालयबाट ठगी गरेको भन्दै पीडितहरुले विभागमा उजुरी दिने गरेका छन् ।
यसरि ठग्छन म्यान पावर ले
गत असार महिनामा मात्रै १४२ उजुरी परेका थिए । असारमा परेका उजुरीमा ९५ वटा म्यानपावरहरुको नाम मुछिएका थिए । बैदेशिक रोजगार बिभागको अनुसार गत आर्थिक वर्षभरीमा म्यानपावर कम्पनी बिरुद्ध मात्र १२६३ उजुरी परेको थियो भने व्यक्तिगत तर्फ बर्षभरीमा ७७६ उजुरी परेका थिए ।
बैदेशिक रोजगार बिभागको अनुसार गत आर्थिक वर्षभरीमा म्यानपावर कम्पनी बिरुद्ध मात्र कुल रु. २९ करोड ६३ लाख २० हजार ४३४ मागदावी गरिएको थियो भने व्यक्तिगततर्फ ५३ करोड ६७ लाख २८ हजार ६८४ रुपयाँ मागदावी भएको थियो ।
वैदेशिक रोजगार विभागले २०४ म्यानपावर कम्पनीको सम्पूर्ण काम-कारवाही रोक्का गरी कारवाही प्रक्रिया अघि बढाएको छ ।
प्रकासित मिति