Hidden
नेपाल र इजरायलबीच कामदार लैजाने प्रोटोकलमा हस्ताक्षर
इजरायलले ५ सय जना नेपाली नागरिकलाई केयरगिभरका रुपमा लैजाने भएको छ । बिहीबार वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलीय राजदूत खनान गोडेरले एक सम्झौतामा हस्ताक्षर गरेसँगै तत्कालका लागि ५ सय जना नेपाली नागरिक इजरायलका केयरगिभरका रुपमा काम गर्न जाने बाटो खुलेको हो ।
सरकार–सरकारबीच सम्झौता भएकाले कामदार पठाउने प्रक्रियामा म्यानपावर संलग्न हुनेछैन । इजरायल जाँदा लाग्ने हवाई खर्च श्रमिक आफैले तिर्नुपर्नेछ । कार्यक्रममा नेपालका लागि इजरायली राजदूत खनान गोडेरले नेपाली श्रमिक लैजाने प्रक्रियालाई अब निरन्तरता दिने बताए ।
श्रममन्त्री गौरीशंकर चौधरीले केयरगिभरका साथै कृषि क्षेत्रमा नेपाली कामदार लैजाने व्यवस्था मिलाउन पनि राजदूत गोडेरसँग आग्रह गरेका थिए ।
प्रकासित मिति
Loading...
Loading...
Loading...