1478958692 banner ad format

 
 

न्यूजिल्याण्ड । रोजगारीको खोजीमा रहेकाहरुका लागि न्यूजिल्याण्ड एउटा आकर्षक अवसर बन्न सक्छ, जहाँ विदेशी नागरिकहरुका लागि हवाइ टिकट, खान–बस्न र घुम्ने सुविधासहित दरखास्त आह्वान गरिएको छ । खासगरी प्राविधिक कामदारका लागि आवेदन माग गरिएको हो । तत्कालका लागि वेलिङ्टनमा एक सयको संख्यामा विभिन्न विषयका दक्ष कामदार माग गरिएको छ ।

New Zealand the employment opportunities

आवेदनकर्ताको वायोडाटा सन्तोषजनक पाइएको अवस्थामा अन्तरवार्ता तथा अन्य छनौट प्रक्रियाका लागि हवाई टिकट, खाना–बस्न तथा सहर घुमाउने प्रस्तावसहित बोलाइने पनि विज्ञापनमा उल्लेख छ । अन्तरवार्तामा पास हुनासाथ रोजगारी दिइने र पास हुन नसके पनि त्यसरी बोलाइएका जनशक्तिको खर्च कम्पनीमार्फत नै व्यहोरिने जनाइएको छ ।

विदेशीहरुले पनि खुला प्रतिश्पर्धामा भाग लिन सकुन् र आफ्नो क्षेत्रमा दक्ष ठहरिएकाहरुलाई रोजगारी दिन सकियोस् भन्ने उद्देश्यले आउन–जान हवाइ टिकटको सुविधा दिइएको विज्ञापनमा उल्लेख छ ।

 

आइपी नेटवर्क इन्जिनियर, जाभा स्क्रिप्ट डेभलपर, एन्ड्रोयड डेभलपर, सिस्टम इन्जिनियर, ब्याकइन्ड डेभलपर, सिनियर डेभलपर, डिजिटर प्रोड्युसर, सेक्युरिटी कन्सल्ट्यान्ट लगायतका क्षेत्रमा दक्ष कामदारका लागि रोजगारीका लागि अवसर दिइएको हो ।

आवेदनकर्ताले अनलाइनबाटै आफ्नो वायोडाटा पेश गर्न सक्नेछन् । कम्पनीले रुचाएका व्यक्तिहरुले भिडियो अन्तरवार्ता दिनुपर्नेछ । त्यसपछि कम्पनीले उचित ठहर गर्न सके साक्षात्कारसहित अन्तरवार्ता र आगामी छनोट प्रक्रियाका लागि हवाई टिकटको सुविधासहित बोलाउने जनाइएको छ ।

रोजगारीको यो अवसरमा नेपाली नागरिकले पनि प्रतिश्पर्धा गर्न सक्नेछन् । जसका लागि आधिकारिक वेबसाइटमा गएर आफ्नो प्रोफाइल बनाउने र आवश्यक विवरण भर्नुपर्ने छ । (एजेन्सी)

प्रकासित मिति

Loading...

 

  • Kantipathnews News Of Nepal drkc

    डा. केसीले आज अनसन तोड्ने !

    सरकारी टोलीसँग पाँच बुँदे सहमति भएपछि छ दिनदेखि आमरण अनसनमा बसेका बसेको डा. गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् । केसीलाई अन ...

  • Kantipathnews News Of Nepal appartment

    गरिबका लागि बनेका अपार्टमेन्ट प्रयोगविहीन

    सरकारले सहरी गरिब तथा न्यून आय भएका परिवारका लागि १२ करोडभन्दा धेरै खर्चेर काठमाडौंको इचंगुनारायणमा बनाएका अपार्टमेन्ट प्रयोगविहीन ...

  • Kantipathnews News Of Nepal bam-karyadal-mapdand

    मुख्य मन्त्रीमा क-कसको दाबी ?

    वाम गठबन्धनको कार्यदलले प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँटको मापदण्ड तय गरेको छ। कार्यदलले स्थानीय र ...

yummyfood