worknews kantipathढुंगाखानी छेउमा बाँस गाडेर झोलुङ्गो टाँगिएको छ । झलुङ्गोमा एक वर्षको छोरा सुताएर आरती विक ढुंगाखानीमा काम गर्छिन् । तम्घासको आर्दशचोकमा बस्दै आएकी विक विहान ९ बजेदेखि साँझ अबेरसम्म ढुंगाखानीमै काम गरिरहेकी हुन्छिन् । तिहारको कुनै चहलपहल उनको घरमा हुन पाएन् । दुई छाक खान कठोर परिश्रम गर्नुपर्ने उनको परिवारलाई कुनै चाडले छुँदैन् ।

गरिबीका कारण घर चलाउन श्रीमान्, सासु र ससुरा सबैले मजदुरी गर्छन् । उनको काखको छोरा हेरिदिने घरमा कोही छैन् । उनले दिनभर छोरालाई सँगै राखेर गिट्टी कुट्दै आएकी छिन्। नदी किनारको चिसो, घाम र धुलोले बच्चा बिरामी परिरहन्छ । उनले रहर नभएर बाध्यताले मजदुरी गर्नु परेको बताइन् । बाह्रै महिना ढुंगाखानीमा मजदुरी गरेर कमाउनु पर्नेलाई तिज, दशै र तिहार आउँदा कुनै फरक नपर्ने गरेको उनी बताउँछिन् ।

त्यही ढुंगाखानीमा २८ वर्षीया कमला विकले पनि काम गर्न थालेका थुप्रै भयो । अहिले गर्भवती छिन् । कामकाे चापले उनी घाम झुल्केदेखि अस्ताउँदासम्म आराम गर्न पाउँदिनन् । पहिलेका तीन सन्तान गर्भमै खेर गएको कमलाले बताइन् । ‘काम नगरे हातमुख जोड्न समस्या हुन्छ,’ उनले भनिन्, ‘पहिले तीन सन्तान गुमाएँ, अहिले पनि डर लागेको छ ।’ उनका श्रीमान् रामु विक पनि सदरमुकाममै मजदुरी गर्छन् ।

सोही ढुंगाखानीमा २५ वर्षदेखि काम गर्न थालेकी पशुपति परियार अहिले ५५ वर्षकी भइन् । ढुंगा कुटेरै पशुपतिले दुई छोरा हुर्काइन् । उनीहरु बिहे गररे आफ्नै बाटो लागे । पशुपति श्रीमान्सँगै बागमारे बस्दै आएकी छन् । श्रीमान प्यारालाइसिसको बिरामी छन् ।

‘गरिबले ढुंगाखानीको मजदुरी छाड्न सक्ने अवस्था भएन, राज्यले केही गरेन,’ उनले भनिन, ‘भोट दिने, चोट पाउने मात्रै भयाे ।’ हात नचलाए मुख नचल्ने भएकाले आफुहरुलाई चाडपर्वको त्यति मतलब नहुने उनले बताइन् । नयाँ पत्रिका

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...