tu service commission kantipathत्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदको पदपूर्तिका लागि ४१३ जनाका दर्खास्त आव्हान गरेको छ । आयोगले आइतबार सूचना प्रकाशित गर्दै खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा रिक्त पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

आयोगले ५० पदमा योग्यता पुगेका उम्मेदवारले मंसिर १५ देखि पुस १९ गतेभित्र अनलाइन आवेदन दिन सकिने जनाएको छ । अनलाइन आवेदनको आइतबार त्रिविका उपुकलपति धर्मकान्त बाँस्कोटा र त्रिवि सेवा आयोगका अध्यक्ष लालुप्रसाद पौडेलले संयुक्त रूपमा उद्घाटन गर्ने छन् । परीक्षामा डबल कोडिङ सुरू गरी आनलाइन फारम भर्न मिल्ने व्यवस्था मिलाएपछि आवेदकलाई सहज हुने भएको छ । जसले गर्दा आवेदन दिनेको संख्या बढ्ने अनुमान समेत गरिएको छ । यस्तै आयोगले आन्तरिक पदपूपर्तिका लागि पनि दस्तखत आवाहान गरेको छ ।

हेर्नुहोस विज्ञापन

TU job vacancy

थप समाचार:

आज विश्व एड्स दिवस

आज विश्व एड्स दिवसका दिन एचआईभी संक्रमणले गर्दा मृत्यूभएका ति सम्पूर्ण संक्रमितहरुको आत्माको चिर शान्तिकालागि दिप पनि प्रज्वलन गरिन्छ ।

नेपाल र भारतको खुल्ला सिमा अनि मौसमी कामकालागी भारत तथा वैदेशिक रोजगारीकालागि जाने नेपाली यूवाहरुको लश्कर लामै हुने भएकाले अनि ति यूवाहहरुलाई यौनजन्य संक्रमण लगायत एचआईभीको बारेमा जानकारी दिन नसकेकाले पनि उनिहरु यस्ता जोखिमपूर्ण यौन क्रियाकलापमा संलग्न हुन्थे । फर्कदा रगतमा एचआईभी संक्रमण लिएर फर्कने यो जमातले आफ्ना श्रीमतीहरुमा यो संक्रमण जानअञ्जानमा सार्न पुग्दथे । त्यसपश्चात जन्मेका धेरै एचआईभी संक्रमित बालबालिकाहरु आज पनि हामीमाझ समाजभित्रै छन् । उनिहरुमध्ये अधिकांश अनाथ छन् र उनिहरुको उचित शिक्षा अनि सहज जीवनयापन अझैपनि सुनिश्चित गर्न नसकिएकोमा आजको यो दिन अर्थात् विश्व एड्स दिवसमा थप पैरवी अनि प्रभावकारी सकारात्मक कदमप्रतिको एक्यवद्धता जरुरी छ ।

षडानन्द जयन्ती

नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी साधु र शिक्षाप्रेमी व्यक्ति षडानन्द अधिकारी अर्थात् बालागुरु षडानन्दको जन्म मार्ग शुक्ल पञ्चमी (विवाह पञ्चमी)का दिन विक्रम सम्वत १८९२ सालमा नेपालको भोजपुर जिल्लाको दिङ्ला, गडीगाउँमा भएको हो। पिता लक्ष्मी नारायण अधिकारी तथा माता रुक्मिणी अधिकारीको सन्तान षडानन्द पछि गएर आबाल ब्रह्मचारी गुरु षडानन्दको नामले प्रसिद्ध भए।

राणा शासनको बेलामा पनि गुरु षडानन्दले पहिलोपटक संस्कृति पाठशाला निर्माण गरेर सर्वसाधारणका छोराछोरीलाई अध्यनअध्यपनको वातावरण शुरु गराए। दुःखले शिक्षा आर्जन गरेका षडानन्दले आफ्नो जीवनमा कठोर तपस्या गरेर योगसाधना, अष्टांगयोग साधक तथा पूर्वी दर्शनका ज्ञाताको रुपमा समेत आफुलाई स्थापित गराए। दैवीशक्ति भएको भनि जनताले विश्वास गरेको षडानन्दलाई पछि श्री १०८ को उपाधिले समेत सम्मान गरियो। उनको सम्मानमा कोशी अञ्चलमा पर्ने भोजपुर जिल्लामा अवस्थित एक नगरपालिकालाई बालागुरु षडानन्दको नामबाट नामाकरण गरिएको छ।

आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले बालागुरुको सम्मान स्वरुप हरेक वर्ष नेपाली भाषा, संस्कृति, इतिहास र अध्यात्म दर्शनका अध्येता एवं साहित्यमा उत्कृष्ट योगदान भएका व्यक्तिलाई "षडानन्द राष्ट्रिय पुरस्कार"ले सम्मानित गर्ने गरेको छ। आठ वर्षको उमेरमा नै यज्ञोपवीत संस्कारको ज्ञान हाशिल गरेका षडानन्दले भारतको बनारसमा योग साधनाको अध्ययन गरेका हुन्। सन्तशिरोमणि श्री १०८ आबाल ब्रह्मचारी षडानन्दलाई राष्ट्रिय सम्मान स्वरुप २०५१ सालको तत्कालीन मन्त्रिपरिषद्को निर्णयले सात रुपैयाँ दरको हुलाक टिकट प्रकाशन गरेको हो। शिक्षाको लागि उनको अतुलनिय योगदानको सदैव कदर हुनेछ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...