annapurna add

काठमाडौं । नेपाल संवत ११३३ को अवसरमा तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) माथि थप्पड प्रहार गर्ने पदम कुवँर पक्राउ परेका छन् ।

padam parchandnews kantipath

नयाँ बानेश्वरमा रहेको संसद भवनको गेटमा रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बागलुङका पदम कुँवरलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ ।

प्रहरी स्राेतका अनुसार शौचालय छिरेका पदमलाई शनिबार राति हिसासतमा राखिएको बताए । 

स्रोतका अनुसार पदम शनिबार संसद भवनभित्र पसेका थिए ।

अबेरसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको बारेमो सोधखोज गरेको थियो ।

उनले नेताहरुले देश बिगारेको भन्दै संसद भवन पसेको प्रतिक्रिया दिएको प्रहरी स्रोतले बतायो ।

२०६९ सालमा एक कार्यक्रममा पदम कुँवरले प्रचण्डमाथि थप्पड हानेका थिए।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...